मट्टीतेल छर्केर शरीरमा आगो लगाएकी सुना अस्ताइन

बैतडी :

दार्चुलामा एक महिलाले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी छन् । आईतबार जिल्लाको शैल्यशिखर नगरपालिका–५ सेतकलाकी अन्दाजी ४५ वर्षीया सुना साउँदले आफ्नै शरीरमा मट्टीतेल छर्केर आगो लगाएकी थिइन् ।

सुनाले विहान ११ बजेतिर आफनैँ शरिरमा मट्टीतेल छर्केर आत्मदहको प्रयास गरेकि थिइन् ।

आइतबार विहान साउदले घरमा कोही नभएको बेला शरिरमा मट्टीतेल हालेर आगो लगाएको र छिमेकीहरूले थाहा पाएपछि शरिरमा लागेको आगो निभाएर गोकुलेश्वर अस्पतालमा उपचारका लागि लगिएको थियो। साउदको घुडा भन्दा माथीको भाग जलेकाले अवस्था गम्भीर भएको भन्दै गोकुलेश्वर अस्पतालले अन्त्र रेफर गरेको प्रहरीले जनाएको छ ।

आगोबाट जलेर गम्भीर घाइते भएकी उनको उपचारका लागि धनगढी लैजाने क्रममाबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्दा आईतबार राती नै उनको मृत्यु भएको हो प्रहरी प्रवक्ता सिंहले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ परिवकार सदस्यहरुलाइै हिजो नै सोधपुक्ष गरिएको छ ।’

मृतक सुनाको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । सुनाले आफ्नै शरीरमा आगो लगाउनुको कारण भने खुलेको छैन् ।

 

 

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.