बैतडी :
रास्ट्रिय स्वतन्त्र पार्टि बैतडीले यही भाद्र १७ गते पाटन नगरपालिकामा पाटन नगरकार्य समिति गठन गर्ने भएको छ ।
संख्या पुगेका पाटन नगरका वडाहरुमा समेत वडा कार्यसमिति गठन गरिने रास्ट्रिय स्वतन्त्र पार्टी पाटन नगरपालिकाका सम्पर्क ब्यक्ति ई.हेमन्त कुमार ऐरले जानकारी बताएका छन् ।
नगर कार्यसमितिमा नगर सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष महिला अनिवार्य गरी ११ सदस्सीय हुने छन् । भने संयोजक उप–संयोजक सचिब र कोसाध्यक्ष गरी ११ सदस्य हुने छन वडा कार्य समिति सभापति उप सभापति सचिव र सदस्य गरी ११ सदस्य हुने बैतडी जिल्ला संयोजक प्रकाशचन्द्र भट्टले जानकारी बताए ।
गत मंसिरमा प्रतिनिधि सभाको निर्वाचनमा मुलुकको चौथो ठुलो राजनीतिक दलका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको भएको थियो।
साथै विशुद्ध सामाजिक कार्यमा केन्द्रीत रही उद्दार तथा राहत कार्यमा खटिने गरी RAT ( Rapid Action Team द्रुत कार्य टोली) गठन गर्ने भएको छ ।