नेपालमा अब ‘नो भोट’को व्यवस्था

काठमाण्डौ: निर्वाचन आयोगले निर्वाचन सम्बन्धि कानुनमा व्यापक संशोधन गर्ने भनेको छ। मौजुदा कानुनहरूलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा आयोगले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउने तयारी गरेको प्रमुख आयुक्त दिनेशराज थपलियाले जानकारी दिए।

अब हुने निर्वाचनमा मतपत्रमै ‘नो भोट’ (कसैलाई मत दिन्न) भन्ने व्यवस्था पनि लागू हुने भएको छ। कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई समर्थन नरहेको भनी मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने (नोटा) गरी मतदातालाई तोकिए बमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न लागिएको आयोगले प्रस्तावित मस्यौदामा उल्लेख छ।

यस्तै, यदि सबै उम्मेदवारलाई अस्वीकार गर्छु भन्ने मत सदर मतको ५१ प्रतिशत बढी भएमा निर्वाचन नै रद्द हुने प्रवाधान राख्न आयोगले प्रस्ताव गरेको मस्यौदामा राखिएको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।

Leave A Reply

Your email address will not be published.