बैतडी:
बैतडीको दोगडाकेदार गाउँपालिकाका विद्यालयहरुमा शोक बिदा दिएकाे छ । जिल्लाकाे दोगडाकेदार गाउँपालिका–६ सित्तडस्थित भगवती माविका प्रधानाध्यापक गणेशसिंह भण्डारीको निधन भएपछि गाउँपालिकामा रहेका सबै विद्यालयमा शोक विदा दिइएको गाउँपालिका प्रवक्ता दिनेशप्रशाद भट्टले बताए ।
लामो समयदेखि शिक्षण पेशामा रहेका भण्डारीको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको बताइएको छ ।
अनुभवी र शिक्षा क्षेत्रमा ठुलो योगदान पुर्याएका भण्डारीको निधनमा शिक्षा क्षेत्रमा अपुर्णीय क्षति पुगेको जनाउदै एक दिनका लागि शोक बिदा दिएको हो ।
गाउँपालिको शोक बक्तव्य जारी गर्दै बिद्यालय बन्द हुने जनाएको छ ।