बुडाल मृत्यु प्रकरणः सिआईबीले भेटायो घटनास्थल नजिक बस्फोटक पदार्थ

ललित बोहरा,  बैतडीः बैतडीमा जीवन बुडाल मुत्यु प्रकरणमा प्रहरीले १२ जना शंकास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानको क्रममा शव भेटिएको ठाउँभन्दा केही पर बस्फोटक पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले जानकारी दिए ।

अनुसन्धानको क्रममा बम बनाउन प्रयोग हुने बिस्फोटक पदार्थ बाटोमा लुकाएर राखेको अवस्थामा फेला परेको जोशीले बताए । पक्राउ परेका १२ जनामाथि नै बिस्फोटक पदार्थ कसुरसम्बन्धी पनि मुद्दा दर्ता भई अनुसन्धान गरिने जनाईएको छ ।

उनका अनुसार घटनास्थलको केही किलोमिटर पर फेला परेको बिस्फोटक पदार्थ सिआईबी र प्रहरीको टोलिले बरामद गरेको छ । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका थिए । दशरथ चन्द नगरपालिका–१० खडेनीका बुडाल फागुन १३ गते दोगडाकेदार ४ जाडाबगर चमेलिया नदीको किनारमा मृत फेला परेका थिए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.