झारफुक गर्दागर्दै सर्पको टोकाईबाट एक महिला

ललित बोहरा
बैतडी : बैतडीमा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पचेश्वर गाउँपालिकामा- १ बस्ने अन्दाजी ५५ बर्षीय पार्वती घटालको सर्पको टोकाईबाट मृत्यु भएको जनाएको छ । गयराती १२ बजेको समयमा मृत्यु भएको स्थानीयले बताएका छन् ।

मंगलबार राती ७ बजे खाना बनाउने क्रममा भान्साकोठामै सर्पले टोकेर गम्भिर घाइते भएकी घटालको राती १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्य चौकीका इन्चार्ज सुरेश सार्कीले जानकारी दिए ।

सर्पले टोकेर घाइते भएकी घटाललाई झारफुक गर्न बैद्य लगाएको झारफुककै समयमा उनको मुत्यु भएको स्थानीय स्वंमसेवीका पानमती घटाललाई उद्धीत गर्दै स्वास्थ्य चौकीका इन्चार्ज सार्कीले बताए ।

‘साझँ ७ बजे नै भान्सामा टोकेको रहेछ हामीलाई खबर नगरेर घरपरिवारले झारफुक गर्न बैधको पछि लागेका रहेछन्’ स्वास्थ्य चौकी इन्र्चाज सार्कीले भने, ‘स्वंमसेवीकाले पनि हामीलाई ढिलो खबर गरिन् राती नै अस्पताल लगेर बचाउन सकिन्थयो ।’
पन्चेश्वर गाउँपालिका सर्प दंसका घटना बढेका छन् । गत महिनामा एक किशोरीको सर्पको टोकाईबाट नै ज्यान गरेको थियो ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.