सुदूरपश्चिममा उपचुनाव: निर्वाचन आयोग छलफलमा जुट्यो

धनगढीः

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशमा रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल थालेको छ।

सुदूरपश्चिम प्रदेशको एक रिक्त पदमा निर्वाचन गराउने विषयमा छलफल सुरु भएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि एक पद रिक्त छ।

प्रदेशमा रिक्त रहेको सो पदका लागि आगामी मङ्सिरमा निर्वाचन गराउने तयारी छ।

बझाङ १ बाट निर्वाचित प्रदेश सभा सदस्य तथा सुुदूरपश्चिम प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिलामन्त्री सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो। सोही निर्वाचन क्षेत्रमा गर्नुपर्ने चुनावबारे आयोगले चासो राखेको छ। त्यसको निम्ति बजेट र समयको जोहो गर्नुपर्ने देखिएको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!