अपांगमैत्री शौचालय प्रयोगविहीन

ललित बोहरा/पाटन :  बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ बजारमा क्षेत्रमा निमार्ण भएको अपांगमैत्री र महिला शौचालय २ बर्षसम्म प्रयोग विहिन छ ।
पाटन नगरपालिकाको लगानी निमार्ण भएको शौचालय सञ्चालनमा नभएपछि सेवाग्राहीलाई समस्या भएको छ ।

‘नगरपालिकामा सेवा लिने नागरिक मेरो होटेलको शौचालय जान्छन कसलाई रोक्ने’ होटेल व्यवसायी गजेन्द्र बहादुर चन्दले भने, ‘होटेलको नकिकै लाखौको बजेटमा सार्वजनीक शौचालय प्रयोग विहीन छ।’

नगरपालिकाको नजिकै निमार्ण भएको अंपाङगमन्त्री भनीएको शौचालय ताला लगाएको छ । खुल्ला मञ्चमा हुने सार्वजनीक कार्यक्रम गर्न पनि समस्या भइरहेको स्थानीय अर्जुन महराले बताए ।

उपभोक्ता समितिबाट करिब २ बर्ष पहिले निमार्ण भएको सार्वजनीक शौचालय सुचारु नै भएको छैन । नगरपालिकाले आफ्नो कार्यालय परिषद भित्रको शौचालय पनि सञ्चालनमा ल्याउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

 

 

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!