पाटन : कैलाश आधारभुत विद्यालय पाटन नगरपालिका- १ बैतडीको ३५ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका- १ का वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको अध्यक्षतामा सम्पन्न भएको बार्षिकोत्सव समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अन्तरिम व्यबस्थापिका सांसद सदस्य मञ्जु बम प्रमुख अतिथी रहेकी थिइन् ।
बार्षिकोत्सव समारोहमा पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहरा र राष्ट्रिय भूमी आयोग जिल्ला समिति बैतडीका अध्यक्ष धर्मसिंह ऐर ९कपील० बिशिष्ट अतिथी रहेका थिए ।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक गगनसिंह बोहराले ८२ लाख बराबरको आयव्यय विवरण प्रस्तुत गरेका थिए । अहिले विद्यालयसंग १४ लाख ६२ हजार बचत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठगुन्नाले बताए ।
बार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ, सांस्कृतिक प्रतियोगीता समेत सञ्चालन भएका थिए । हाजिरीजवाफ, सांस्कृतिक प्रतियोगीता प्रथम, द्धित्तीय, तृत्तिय हुने समुहका बिद्यार्थीलाई नगर र प्रमाण पत्र प्रदान गरेको छ ।
कक्षा ८ सम्म पढाई हुने सो विद्यालयमा १ सय ९७ सय विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकको महत्वपुर्ण भूमीका रहेनमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रमका बिशिष्ट अतिथी पाटन नगरपालिका उपप्रमुख कमलसिह बोहराले कैलाश आधारभुत बिद्यालय मावि वा उच्च मावि बनाउने पहल अर्को शैक्षिक सत्रबाट थालनी गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अन्तरिम व्यबस्थापिका सांसद सदस्य बमले भौतिक तथा शैक्षिक सुधारका लागि अगामि दिन थप सहयोग गर्ने बताइन् । कार्यक्रमा शिक्षक पदम भट्टराईको विदाई गरिएको छ । उनले यस बिद्यालयमा २६ बर्ष सेवा गरेका हुन् ।