बैतडीका डिएसपी शाहीको सरुवा, गिरी आउने

बैतडी:

नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ । बैतडीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीसहित १२० डिएसपीहरुको सरुवा गरिएको हो । बैतडीका प्रहरी प्रमुख डिएसपी प्रेमबहादुर शाहीको लागु औषध नियन्त्रण ब्युरो, मानव श्रोत व्यवस्थापन शाखा काठमाण्डौंमा सरुवा भएको छ ।

शाहीको ठाउँमा बैतडी प्रहरी प्रमुखको रुपमा डिएसपी दिपक गिरी आउने भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत गिरीलाई बैतडी प्रहरी प्रमुखको रुपमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.