शिक्षण पेशाबाट औपचारिक रुपमा बिधाई भए पदम सर !

बैतडी:

२६ बर्ष लामो शिक्षण पेशामा रहेका शिक्षक पदम भट्टराईकाे औपचारिक बिधाई गरिएको छ ।

केही महिना पहिलो शिद्धेश्वर मावि  पाटन नगरपालिका- १ मेल्चौराबाट अनिर्वाय अवकासमा परेको भट्टराईको बिधाई गरिएको हाे ।

suv

शिक्षण पेशाको अधिकाश समय कैलाश आधारभुत बिद्यालय डैसिलीमा अध्ययपन गराएका उनको बिद्यालयको वार्षिकोत्सवको अवसरमा बिधाई गरिएको प्रधानाध्यापक गगनसिह बोहराले बताए ।

बैतडीको पाटन नगरपालिका-१ लदैलीमा जन्मेका शिक्षक भट्टराईले डडेल्धुरा लगायतका जिल्लामा समेत शिक्षण गरेको थिए ।

शनिबार एक कार्यक्रमकाबिच वडा अध्यक्ष तर्कसिह ठगुन्ना, नगर उपपमुख कमलसिह बोहरा (अपी) र भुमी आयोगका अध्यक्ष धर्मसिह ऐर (कपिल)ले उनलाई सेवा निवृत्त जिवनको शुभकामना बिधाई गर्दै दिएका थिए ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.