डडेल्धुरामा पनि माओवादीको विशेष रूपान्तरण अभियान सुरु, प्रचण्डद्धारा भर्चुअल उद्घाटन

डडेल्धुरा:

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ डडेल्धुरामा पनि सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल रूपमा उद्घाटन गरेसँगै शनिवारबाट अभियानको सुरुवात भएको हो । माओवादीले जिल्लाका विभिन्न क्षेत्रमा छुट्ट्याएर केन्द्रीय सदस्य र प्रदेश सदस्यलाई कमान्डर तोकेको छ ।

कमान्डर र सहकमान्डरहरुले आ–आफ्नो क्षेत्रको एक ठाउँबाट र प्रत्येक वडामा पार्टीका प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी सदस्यले अभियानको सुरुवात गरेका छन् । अभियानका क्रममा जनताको घरघरमा जाने र जनतालाई सुन्ने माओवादीको योजना छ ।

जनतालाई प्रत्यक्ष भेटेर सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराउने माओवादी केन्द्र डडेल्धुराले जनाएको छ। डडेल्धुराका ५२ ओटै वडामा अभियानको शुरुवात भएको जिल्ला संयोजक उमेशप्रशाद भट्ट (विकाश)ले बताए ।

तीन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण, वार्ड कमिटि गठन र पुनगर्ठन र जनवर्गाीय संगठनहरुलाई सक्रिय बनाउने प्रदेश कमिटी सदस्य कलावती भाणँले बताइन् ।

यस्तै अभियानको दौरानमा पत्रकार, बुद्धिजीवि, सामाजिक अभियान्ताहरुसंग अन्तरक्रिया गर्ने, संघीय सरकारले सुशासनका पक्षमा गरिरहेको कामलाई सफल बनाउनका लागि छलफल गर्ने, अनियमितता, भ्रष्टाचारका घटनाहरुको खोजी गरी कानुनी दायरमा ल्याउने, विकास निर्माणका कामहरुका लागि पहल गरिने माओवादी केन्द्रले जनाएको छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!