रास्वपा पाटन नगर कमिटी गठन, सभापतीमा ऐर चयन

बैतडी: 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाटन नगरपालिका बैतडीको नगर कमिटी गठन भएको छ । पाटनको एक होटेलमा भएको भेलाले सभापतीमा ई.हेमन्त कुमार ऐरलाई चयन गरेको छ ।

पाटन नगरपालिका-२ बस्ने सभापती ऐर इन्जीनियर हुन् ।

कमिटीको उप सभापती दिपक ठगुन्ना, सचिव भरत सिह बिष्ट, र कोषाध्यक्ष अम्बीका चन्द चयन भएको सभापती ऐरले बताए । हरिसिह महरा, नवराज रावल, लिलाधर भट्टराई, दिनेश सिह रावल, धनी दत्त पन्त, राजेन्द्र सिह बिष्ट नगर कमिटी सदस्य भएको उनले बताए ।

आरटी विभाग संयोजक गजेन्द्र बहादुर चन्द, सचिव, असोक बिष्ट र सल्लाहाकार समिति सदस्य गोपाल बिष्ट चयन भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले अब वडा कमिटीहरु गठन गर्ने बताएको छ ।

Leave A Reply

Your email address will not be published.