बैतडी:
बैतडीको पाटन नगरपालिकाले पाटन बजार क्षेत्रका पसलहरुको अनुमगन गरेको छ । उपभोग्य सामाग्रीको आपूर्तिमा सहजता ल्याउन र उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराउन अनुगमन गर्न थालिएको अनुगम समिति संयोजक तथा नगर उपप्रमुख कमल सिह बोहरा अपीले बताए ।
‘दैनिक उपभोग्य वस्तुमा उपभोक्ताले महँगो मूल्य तिर्नुपर्ने र व्यसाय दर्ता तथा नविकरण गरि करको दायरामा ल्याउन अनुगमन गर्न थालिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए ।
अनुगमनका क्रममा म्याद (समय) नाघेका तथा अखाद्य वस्तुहरु बरामत गरी नष्ट गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख सरोज ठकुराठीले बताए ।
उपप्रमुख तथा अनुगमन समिति संयोजक बोहराको नेतृत्वमा बजारमा ४ टिम बनाएर प्रहरी, डाक्टर र नगरपालिका कर्मचारीले औषधी पसल, पोलिकिल्नी, एग्रोभेट लागयतका पसलहरुको अनुगमन गरिएको नगरपालिकाले जनाएको छ ।
मसला हजमोला, चिउरा, किटनाशक आौषधि भुजा लगायतका समाग्री बरामत गरी नष्ट गरेको बताईएको छ ।