बैतडीको दोगडाकेदारले भदौ २१ र २२ गते गौरा पर्वको बिदा दिने

ds new

बैतडी:

बैतडीको दोगडाकेदार गाउँपालिकाले भदौ २१ र २२ गते गौरा पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको कार्यपालिका बैठकले आजदेखि शुरु भएको गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रवक्ता दिनेश भट्टले बताए ।

भदौ ७ गते गौरा नमनाएका ठाउँमा आजदेखि गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।

us dintal patan

यस्तै पालिकाले ख वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको र सुत्केरी महिला, अपांग, अशक्त, जेष्ठ नागरिक र विपन्न नागरिकलाई निशुल्क उपलब्ध गराउने निर्णय पनि भएको छ ।

यस्तै माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ३ जीपए भन्दा माथि ग्रेड ल्याएका विद्यार्थीहरुलाई १५ हजारका दरले पुरस्कार दिनुका साथै प्रमाणपत्र समेत प्रदान गर्ने निर्णय भएको प्रवक्ता भट्टले बताए ।

यस्तै पालिकाभरीका माध्यमिक तहका विद्यालयहरुमा एकै प्रकारको रंग लगाउने निर्णय समेत भएको प्रवक्ता भट्टले बताए ।

Leave A Reply

Your email address will not be published.