बैतडीको सुर्नयामा पनि भदौ २१ र २२ गते गौरा विदा

बैतडी:

बैतडीको सुर्नया गाउँपालिकाले भदौ २१ र २२ गते गौरा विदा दिएको छ । पालिकाले गौरा पर्वको अवसरमा बिदा दिएको हो ।

पालिकामा बसेको कार्यपालिका बैठकले गौरा पर्वको अवसरमा भदौ २१ र २२ गते बिदा दिने निर्णय गरेको अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिए । भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।

सोहि अवसरमा पालिकाले बिदा दिएको हो । २१ र २२ गते पालिका भित्रका सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.