बैतडीको पाटनसहित सुदूरपश्चिमा १० एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन बन्दै

ललित बोहरा

बैतडी: 

सुदूरपश्चि प्रदेशमा १० एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको निमार्ण सुरु भएको छ ।   ग्रामीण उद्यम तथा आर्थिक बिकास आयोजना आर्थिक करिडोर कार्यालय डडेलधुराका कार्यालय प्रमुख द्रोण बुढाथोकीका अनुसार सुदूरपश्चिम प्रदेशका १० पालिकामा भवन निमार्ण हुदैछन् ।

महाकाली करिडोर सडकसँग जोडिएका पालिकाहरुमा उक्त भवन निर्माण कार्य भईरहेको हो । कृषि शाखा र पशु शाखालाई एकीकृत रुपमा सञ्चालन गर्न सेवा केन्द्र भवन निमार्ण हुने लागेको उनले बताए ।

भवन प्रयोगशालासहितका निमार्ण हुनेछ । कृषि तथा पशुपंछी मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनामा साथै विश्व बैंक को आर्थिक सहयोगमा उक्त भवन निर्माण हुन गइरहेको उनले बताए।

यता बैतडीको पाटन नगरपालिका- ६ मा सेवा केन्द्र भवनको निमार्ण सुरु भएको छ । प्रस्तावना पेश गरेको पाटन नगरपालिकाका लागि करिडोरको कार्यालयले भवन निमार्ण गरेर हस्तातरण गर्ने छ ।

पाटनमा निमार्ण सुरु भएको भवनको लागत २ करोड ४९ लाख ५८ हजार ८ सय ३६ रहेको रिड कार्यालय डडेल्धुराका प्रमुख बुढाथोकीले बताए ।

एक बर्ष भित्र भवन निमार्ण सम्पन्न गर्ने गरी निमार्ण कम्पनी सिनर्जी बिल्डस काठमाडौँसंग सम्झैता भएको छ ।

 

कैलालीको गोदावरी नगरपालिकामा कृषि तथा पशु सेवा केन्द्र भवन

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.