बैतडी बुडाल मृत्युप्रकरणः आफन्तले शव बुझे

बैतडी:

बैतडीमा मृत फेला परेका युवक बुडालको आफन्तले शव बुझेका छन् । जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका २५ बर्षीय जीवन बुडाल फागुन १३ गते मृत फेला परेका थिए । मृत फेला परेको ११ दिन पछि मंगलबार आफन्तले शव बुझेका जिल्ला प्रहरीकार्यालय बैतडीले जनाएको छ ।

sanke

फागुन १३ गते शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल राति ९ बजे मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । बुडालको हत्या भएको भन्दै परिवारजनले ११ दिन सम्म शव बुझ्न मानेको थिएनन ।

परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जना प्रहरी नियन्त्रणमा छन् । उनहिरुमाथि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । यस्तै बुडाल मृत्यु प्रकरणमा प्रदेश मातहतको सिआईबीको टोलिले पनि अनुसन्धान गरिरहेको उनले बताए ।

मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.