बैतडीको पाटनमा पनि भदौ २१ गते गौरा विदा

बैतडी:  बैतडीको पाटन नगरपालिकाले भदौ २१ गते गौरा विदा दिएको छ । नगरपालिकाले गौरा पर्वको अवसरमा बिदा दिएको हो ।

नगर अन्र्तगतका वडा कार्यालय, स्वास्थ्य संस्था, बिद्यालय लगायतका क्षेत्रमा गौरा पर्वको अवसरमा भदौ २१ बिदा दिने निर्णय गरेको नगर प्रमुख गौरीसिह रावलले बताए। भदौ ७ गते गौरा नमनाएका ठाउँमा गौरा पर्व शुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली परेको छ ।

सोहि अवसरमा पालिकाले बिदा दिएको हो । २१ गतेका दिन सबै कार्यालय एवं संस्था बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.