बैतडीको एक क्याम्पसमा तालाबन्दी

बैतडीः

बैतडीको एक क्याम्पसमा तालाबन्दी गरिएको छ। जिल्लाको सेटिगाउँ बहुमुखि क्याम्पसमा तालाबन्दी गरिएको हो। क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरीत गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले बिहीवार क्याम्पसमा ताला लगाएका हुन्।

क्याम्पस प्रशासनले नियमित तर्फका विद्यार्थीहरुलाई मताधिकारबाट बञ्चित गराउने निर्णय गरेकोको भन्दै अनेरास्वयु र अखिल क्रानिकारी आन्दोलनमा उत्रिएको अखिलक्रान्तिकारीका जिल्ला इन्चार्ज गोबिन्द मालले बताए। पटक पटक निर्णय सच्च्याउन माग गरिएपनि क्याम्पस प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर तालाबन्दी गर्नेु परेको उनले बताए।

क्याम्पसको निर्णयले ७० प्रतिशत विद्यार्थी मताधिकारबाट बञ्चित संगठनहरुको दाबी छ। पठनपाठनमा अवरोध नहुने गरी निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका सेटिगाउँ क्याम्पस कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले बताए।

Leave A Reply

Your email address will not be published.