ललित बोहरा
बैतडी:
बैतडीमा नेपाल सिएमए संघ गठन भएको छ । दशरथसिह चाडको अध्यक्षतमा ९ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
बुधबार पाटनमा सम्पन्न भेलाले अध्यक्षमा चाड, उपाध्यक्ष कपील भट्ट, सचिव उत्तम सार्की, सहसचिव महेश महरा, र कोषाध्यक्ष करन दत्त ओझालाई निर्विरोध निर्वाचीत गरेको छ । यस्तै अन्य सदस्यमा बिरसिह ठगुन्ना, भान सिह बोहरा, अनिल भट्ट, लोकसिह भण्डारी चयन गरेको उपाध्यक्ष कपील भट्टले बताए ।
भेलाले राजेन्द्र प्रशाद भट्ट, तेज बहादुर साउँद र गोबिन्द प्रशाद भट्टलाई केन्द्रिय प्रतिनिधी चयन गरेको उपाध्यक्ष भट्टले बताए । महिला प्रतिनिधी पछि थप गरिने छ ।
भेलामा सहभागी मेडिकल तथा ओषधि पसल सञ्चालकहरुले आफ्नो अधिकारका लागि सरकार बिरुद्ध आन्दोलन गर्न सम्बन्धी छलफल भएको छ ।
औषधि पसल, किल्नीक र मेडिकलहरुप्रति सरकारी पक्षबाट अराजकता प्रती घोर आपत्ती जनाउदै संघ गठन भएको नेपाल सिएमए संघका केन्द्रीय कोषाध्यक्ष दिर्घराज अधिकारीको भनाई छ ।
उनले भने, ‘हामीले जनाताको सेवा गरीरहेका छौ जनताको सेवा गर्दा गदौ हाम्रा साथीहरुलाई सरकारले पक्राउ गरिरहेको छ यसका बिरुद्ध हामी आन्दोलन गछौ।’
जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा स्वास्थ्य कार्यालयको अगुवाईमा बैतडीका औषधि पसलहरु अनुगमन गरी शिल गर्ने कार्यलाई तिब्र बनाइरहेको बेला सिएमए
सङ्गठित बनेका छन् ।
उनीहरुले आफुले सञ्चालन गर्दै आएका किल्नीक वा औषधि पसलहरु वैधानीक भएको बन्द तथा शिल नगर्नु पर्ने सरकारसंग माग रहेको बताए ।