बैतडी:
बैतडीका ५ स्थानीय तहले गौरा पर्वको बिदा दिएका छन् । धेरै ठाउँमा भदौ ७ गते गौरा पर्व मनाएपनि केहि ठाउँमा २१ गते मनाइन लागिएकाले यहाँका स्थानीयतहरुले बिदा दिएका हुन् ।
गौरा पर्वको अवसरमा यहाँका गाउँपालिका र नगरपालिकाहरुदे स्थानीय बिदा दिएका हुन् । गौरा पर्वको अवसरमा कुनै पालिकाले एक दिन बिदा दिएका छन् भने कुनैले दुई दिन बिदा दिएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाले आज बिदा दिएको छ । सुचना तथा शुभकामना सन्देश जारी गर्दै स्थानीय तहले बिदा गरेको छ । यस्तै जिल्लाको दोगडाकेदार र सुर्नया गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएको छ । आज गौरा पर्वको मुख्यदिन गौराष्टमी अर्थात अठ्यावाली मनाइँदै छ । भदौ ७ गते नमनाएका ठाउँमा सुदूरपश्चिमको मुख्य पर्व गौरा रौनक छ ।