बैतडीको पाटनमा कृष्ण भगवानको डोलजात्रा

ललित बोहरा

बैतडी : बैतडीको पाटन बजारमा कृष्ण भगवानको डोलजात्रा मंगलबार निकालिएको छ । राधा-कृष्ण मन्दीर व्यवस्थाप समितिकाे अगुवाइमा पाटन बजारमा कृष्ण भगवानको डोलजात्रा निकाले स्थानीय व्यवसायी टेक रावलले बताए ।

कृष्ण जन्मेको दोस्रो दिन कृष्णको रथ यात्रा निकाल्ने परम्परालाई यस वर्ष पनि पाटनका स्थानीय बासिन्दाले निरन्तरता दिएका हुन्। कृष्णको रथयात्रालाई यहाँ डोल जात्रा भनिन्छ।

विभिन्न मठ मन्दिरमा पूजा गरी भगवान कृष्ण र राधा प्रतिमूर्तिको नित्य नगर परिक्रममा गरिएको छ। कंशको अत्याचारले सीमा नाघेपछि उनको नाशका लागि द्वापर युगमा भगवान विष्णुको नवौँ अवतारका रुपमा कृष्ण भगवान जन्मको खुशीमा सदियौँदेखि डोलजात्रा निकाल्ने गरिएको छ।

खासगरी डोल जात्रालाई पनि हिन्दू धर्माबलम्वीले कृष्ण जन्माष्टमी जत्तिकै धुमधामसँग मनाउँछन्। डोल जात्राको पछाडि एउटा पौराणिक कथा पनि छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.