चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी घाईते

ललित बाेहरा

बैतडी: चितुवाको आक्रमणबाट बैतडीमा एक किशोरी घाईते भएकी छन् । जिल्लाको पन्चेश्वर गाउँपालिका-३ बगरेठीकी १७ बर्षीय पुजा लोहार चितुवाको आक्रमणबाट  घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रेम शाहीले बताए ।

उनलाई उपचारका लागि मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइरहेको प्रहरीले जनाएको छ ।उनी घाँस काट्न जंगल गएको समयमा चितुवाको आक्रमण गरेको हो । स्थानीयका अनुसार पुजाको अवस्था गम्भीर रहेको छ । स्थानीयहरु त्रसित बनेका छन् ।

 

पुजा लुहार चितुवाको आक्रमणबाट  घाईते

 

Leave A Reply

Your email address will not be published.