बैतडीमा २० औं निजामती सेवा दिवस मनाइयो

बैतडी:  बैतडीमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो ।

जिल्ला प्रशासन कार्यालय र कर्मचारी मिलन केन्द्र बैतडीको आयोजनामा सरसफाइ, वृक्षारोपण, हाजिरीजवाफ र प्रभातफेरी लगायतका कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए ।

उनका अनुसार बिहीवार जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाई र स्वास्थ्य कार्यालय बैतडीको प्रांगणमा वृक्षारोपण गरिएको थियो । यस्तै कर्मचारी मिलन केन्द्र बैतडीको सयोगमा जिल्लास्थित बिरेन्द्र माविमा रहेको अनाथालयका विद्यार्थीहरूलाई २० थान टावेल र शैक्षिक सामग्री हस्तान्त्रण गरिएको थियो । यस्तै बिहीवारनै सरसफाइ डिभिजन कार्यालय बैतडीको परिसरमा सरसफाइ सहित वृक्षारोपण गरिएको थियो ।

यस्तै आज जिल्ला प्रशासन कार्यालय बैतडीबाट गोठलापानी सम्म प्रभात फेरी सहित हजारीजवाफ प्रतियोगिता विभिन्न साँस्कृतिक कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको प्रशासनका सूचना अधिकारी बोहराले बताए । कार्यक्रममा जिल्ला स्थित कार्यालयहरुका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हाजिरीजवाफ प्रतियोगिता

निजामती सेवा दिवसको अवसरमा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीमा हाजिरीजवाफ प्रतियोगिता गरिएको हो ।

जिल्ला स्थित विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु सम्मेलित नौ ओटा समूह बनाएर हाजिरीजवाफ प्रतियोगिता गरिएको सूचना अधिकारी शंकर बहादुर बोहराले बताए । सो प्रतियोगितामा पत्तालभुमेश्वर समूह प्रथम भएको छ । यस्तै महाकाली समूह द्धितिय, ग्वालेक तृतिय र निङ्गालशैनी समूहले चौथो स्थान प्राप्त गरेको हो ।

हाजिरीजवाफ प्रतियोगिता प्रथमलाई ५ हजार १ सय सहित प्रमाणपत्र, द्धितियलाई ३ हजार १सय सहित प्रमाणपत्र , तृतियलाई २ हजार १ सय सहित प्रमाणपत्र र सान्तोवना पुरस्कार १ हजार एक सय सहित प्रमाणपत्र प्रदान गरिएको सूचना अधिकारी बोहराले बताए ।

us dintal patan
Leave A Reply

Your email address will not be published.