डोटी:
डोटीको एक होटलमा आगलागी भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा रहेको मनकामना होटलमा आगलागी भएको हो । आगलागीबाट होटलको काउन्टर, भान्सामा क्षति पुगेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक रूपसिंह थापाले बताए ।
६ः ३० बजे लागेको आगो ७ बजे नियन्त्रणमा आएको थियो । स्थानीय एवं प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । भान्सामा खाना पकाउँदै गर्दा आगो लागेको स्थानीयले बताए।
क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरी नायव निरीक्षक थापाले बताए ।