बैतडीको पाटन र सिगासमा निजामती सेवा दिवस बहिस्कार

बैतडी:  बैतडीको पाटन नगरपालिका र सिगास गाउँपालिका कर्मचारीले निजामती सेवा दिवस बहिस्कार गरेको छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरूको सेवा, सुविधा, वृत्ति विकासका सुनिश्चितता नभएको र संघीय निजामती सेवा ऐनको मस्यौदामा स्थानीय तहका कर्मचारीलाई निजामती परिभाषामा नसमेटेको भन्दै विरोध जनाएको हो ।

संघीयताको इज्जत स्थानीय तहका कर्मचारीले धानेको अवस्थामा आफुलाइ तेस्रो दर्जाको जस्तो सौतेनी ब्यवहारका विरुद्ध निजामती सेवा दिवस बहिस्कार गरेको पाटन नगरपालिका कार्यरत कृषि प्राविधीक महेश अवस्थीले बताए । पाटन नगरपालिका कार्यरत कर्मचारीले प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मालाई ज्ञापन पत्र बुझाएका छन् भन् सिगास गाउँपालिका कर्मचारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको बताएको छ ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन ल्याउनु पर्ने, सेवा समूहको आधारमा सरकारी सेवाको प्रवेशद्वार स्थानीय सेवामा मात्र हुनुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको हुनुपर्ने, स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको पूर्ण सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग उनीहरूको छ ।

साथै अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनु पर्ने, सरुवा प्रणालीलाई सहमतिका आधारमा नभई अनुमानयोग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहका कर्मचारीको सेवा, सुविधा र वृत्ति विकास सम्बन्धमा एकरूपता गर्नुपर्ने, निजामती अस्पतालमा सै सरकारी कर्मचारी समेटिनु पर्ने र स्थानीय तहमा कार्यरत कर्मचारीलाई कुनै पनि संघीय सेवाको पदमा उमेर हद नलाग्ने तथा सेवा अवधि गणना हुने व्यवस्था गरिनुपर्ने माग पत्रमा उल्लेख छ ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.