राजस्व संकलनको विवरणमा पाटन-१ को ध्यानाकर्षण, नगरपालिकाले त्रुटी गरेको पुष्टी

बैतडी: 

बैतडीको पाटन नगरपालिकाले उपलब्ध गराएको राजस्व संकलनको विवरणमा पाटन- १ को ध्यानाकर्षण भएको जनाएको छ ।

वडा अध्यक्ष तर्कसिह ठगुन्नाले आफनो वडाको ५० हजार थप राजस्वको विवतरण नगरपालिकाले उपलब्ध नगराएका गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘इन्फो खबरद्वारा प्रकाशित पाटन नगरपालिकामा ८ नम्बर राजस्व संकलनमा पहिलो वडा (विवरणसहित) शिर्षकमा पाटन नगरपालिका राजस्व शाखाले दिएको राजस्व संकलनको विवरणको सन्दर्भमा वडा नम्बर १ सकारको गम्भीर ध्यानाकर्षण भएको छ, मिडियाले मागेको सूचनामा समेत लापरबाही किसिमले दिएको सूचनाले पर्ने अप्ठ्यारोको समेत वास्ता नगरि दिएको सूचनाले वडा न १ भित्र पर्ने राजस्व संकलनको सिमालाई आधार मानी जुन जुन चिजमा लिनु पर्ने हो त्यसमा कुनै कसर बाकिँ नराखि आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ठ कर्मचारी को मनोबल गिराउने तथा सिङ्गो १ नम्बर बासिको मनोबलमा आंच पुर्याउने तथ्यले गत आ.बमा वडा नम्बर १ मा राजस्व कुल १ लाख २९ हजार ७ सय ३५ उठेको र सोही दाखिला गरेकोमा नगरपालिकाको राजस्व शाखाले ७९ हजार ९ सय ४० को मात्र  विवरण दिएर वडा न १ राजस्व संकलनमा देखाएको चासोको खिस्सि उडाएको महसुस भएको छ यसरि दिइने सूचनामा गम्भीरतापुर्वक लिन समेत अनुरोध गर्दछु, समाचार सच्याएर सम्प्रेषण गरिदिन पनि अनुरोध गर्दछु ।

अध्यक्ष ठगुन्नाले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन् । नगरपालिकाले समेत दाखिला ५० हजार भएको र विवतरण पठाउदाँ गलती भएको जनाएको छ । यस अनुसार अब वडा नम्बर १० नगरपालिका भित्रमा सबै भन्दा कम राजस्व वडा नम्बर १० काे देखिएकाे छ । १० नम्बरले ९० हजार ८ सय ५० राजस्व  संकलन गरेकाे छ ।

के थियो सामाचार

पाटन नगरपालिकामा ८ नम्बर राजस्व संकलनमा पहिलो वडा(विवरणसहित)

 

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.