बैतडी-
बैतडीमा भालुको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका ३ कुजागाडका ५५ वर्षीय गजबहादुर भाट भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
बुधबार घर नजिकैको जंगलमा गोठालो गएका बेला भाटलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिए । उनको धनगढीमा उपचार भइरहेको छ ।