पूर्वमन्त्री डा.रिजाल बैतडीको पाटनमा

बैतडी:

काग्रेस नेता एंब पूर्वमन्त्री डा. मिनेन्द्र रिजाल बैतडी पुगेका छन। नेपाल तरुण दल बैतडीले बीपी जयन्तीको अवसरमा आयोजना गरेको प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रमको लागि डा.रिजाल बैतडी पुगेका हुन।

११० औं बीपी जयन्तीको अवसरमा पाटनमा प्रशिक्षण र वेभसाइट उद्घाटन कार्यक्रमका लागि काग्रेस नेता डा.रिजाल बैतडी आउनु भएको तरुण दल बैतडीका कार्यवाहक अध्यक्ष महेशदत्त भट्टले बताए। काग्रेस नेता डा.रिजाल बैतडी पुगेसगै पाटनमा उनलाई स्वागत गरिएको छ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता, भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध सम्पूर्णलाई उपस्थितीका लागि अनुरोध गरिएको छ। तरुण दललाई डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन र प्रशिक्षणको आयोजना गरिएको कार्यवहाक अध्यक्ष भट्टले बताए।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!