बैतडीमा मदिरा सेवन गरी गाउँपालिका उपाध्यक्षलाई कुटपिट गर्ने चन्द पक्राउ

बैतडी:

पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टलाई मदिरा सेवन गरी कार्यकक्षमै कुटपिट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। पञ्चेश्वर–३ का स्थानीय दीपकबहादुर चन्दले बिहीबार उपाध्यक्ष भट्टमाथि कार्यकक्षमै कुटपिट गरेका हुन्।

कुटपिट गर्ने चन्दलाई शुक्रबार नियन्त्रणमा लिएको छ। उपाध्यक्ष भट्टले दिएको निवेदनका आधारमा चन्दलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

मदिरा सेवन गरी उपाध्यक्षको कार्यकक्षमा प्रवेश गरेका चन्दले भट्टलाई लछारपछार गर्दै कुटपिट गरेका थिए। आफूमाथि फलामको प्लासले हिर्काएको र ज्यान मार्ने धम्कीसमेत दिएको हुनाले छानबिनका लागि गाउँपालिका राष्ट्रिय महासंघमासमेत उपाध्यक्ष भट्टले निवेदन दिएकी छन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!