बैतडी:
बैतडीको एक पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका-७ हरिपुर बजार नजिकै रहेको कृष्णसिंह भण्डारीको न्यू सोलार ट्रेडर्समा आगलागी भएको हो ।
शुक्रबार राति पौने नौ बजेतिर पसलमा आगलागी भएको बताइएको छ । आगलागीबाट करिब १२ लाख बराबरको क्षति भएको इलाका प्रहरीकार्यालय मेलौली जनाएको छ । आगलागीबाट पसलमा भएका सबै सरसमान जलेर नष्ट भएका बताइएको छ । विद्युत सट भएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगलागी भएको थाहा पाउने बित्तिकै प्रहरीलाई खबर गरिएको थियो । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।