धरमघर नजिक खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध, यात्रुहरु बीचबाटोमै अलपत्र

बैतडी:

धरमघर नजिक खसेको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर नजिकको सडकखण्डमा खसेको पहिरोले महाकाली राज मार्ग अवरुद्ध भएको हो ।

सतबाँझ–गोकुलेश्वर खण्डको सुर्नया गाउँपालिका–३ धरमघर भन्दा तल हिलसाइड होटेल नजिकैको स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।

लागातारको वर्षाका कारण सडक माथिबाट पहिरो खसेर आइतबार बिहान ११ बजे देखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । राजमार्ग अवरुद्ध हुँदा सवारी साधन रोकिएका छन्। सवारी साधन रोकिँदा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन्।

राजमार्गमा खसेको पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरी प्रवक्ता खत्रीले बताए । बैतडी सहित सुदूरपहाडमा हिजो देखि लगातार वर्षा भैरहेको छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.