बैतडी:
बैतडीमा आत्महत्या रोकथाम दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा आइतबार विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो । आशा जगाऔँ, जीवन रक्षा गरौँ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको स्वास्थ्य कार्यालय बैतडीका सूचनाअधिकारी बिपीन लेखकले जानकारी दिए ।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथाम विषयमा सारोकारवाला निकाय संग अन्तरक्रिया कार्यक्रम गरिएको उनले बताए । अन्तरक्रियामा सहभागिहरुले सामाजिक सञ्जालको दुरुपायोग, बेरोजगारी र मानसिक समस्याका कारण आतमहत्याका घटना बढ्दै गएका बताएका छन् ।
मानसिक स्वास्थ्यलाई देविदेवता संग जोडेर गलतधारणा बनाउने कूप्रचलनले आत्महत्या रोकथाममा चुनौती बढेको स्वास्थय कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए । यस्तै बैतडी जिल्लामा गत आर्थिक वर्षमा २५ जनाले आत्महत्या गरेका छन भने चालु वर्षको साउन र भदौमा मात्रै ६ जनाले आत्महत्या गरेको पाइएको छ ।