मेरो संसाद बन्ने बाटो छैन नआत्तिनुस : पूर्वमन्त्री रिजाल

बैतडी: 

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले आफ्नो तत्काल संसाद बन्ने बाटो बन्द रहेको बताएका छन् ।

आइतबार ११० औं बिपी जयन्तीको अवसरमा बैतडीको पाटनमा तरुण दलले आयोजना गरेको प्रशिक्षण तथा वेभसाइट उद्घाटन कार्यक्रममा डा. रिजालले यस्तो बताएका हुन । ‘मेरो संसाद बन्ने बाटो अहिले नै बन्द छ नआत्तिनुस’ डा.रिजालले भने, ‘सभापतीले केन्दीय सदस्य बनाएपछि सामाजीक सञ्जालनमा टिकाटीप्णी देखे, अब फेरी संसद भएर मन्त्री नै बनाउछन् की जसो गरेर । त्यो चान्स छैन।’

suv

११० औं बिपी जयन्तीको अवसरमा आयोजीत कार्यक्रममा डा. रिजालले बिपी कोइराला चर्चामै अधिकाश समय खर्चे,उनले बहुआयामिक व्यक्तित्व भएको बताएका छन् । बिपी राष्ट्रिय विभूतीका रुपमा नभई नेपालको आधुनिक इतिहासलाई परिभाषित गर्ने पात्रका रुपमा रहेका बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.रिजालले आईतबार नै तरुण दलले निमार्ण गरेको वेभसाइट उद्घाटन गरेका छन् । डिजिटल मोडेलमा अगाडी बढाउनका लागी वेभसाइट सञ्चालन तरुण दल बैतडीका कार्यवहाक सभापति महेशदत्त भट्टले बताए ।

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.