बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध, सुचारु गर्ने प्रयास जारी

बैतडी :

बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा ठुलो ढुंगा खसेरपछि अवरुद्ध भएको छ । जिल्लाको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथीबाट खसेको ढुंगाले सडक अवरुद्ध गरेको हो ।

सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो । तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए । राजमार्ग अबरुद्ध बनेपछि यात्रुहरु अलपत्र परका छन् ।

Leave A Reply

Your email address will not be published.