डडेल्धुरामा १३ र बैतडीमा २३ हजार मेट्रिकटन दुध उत्पादन

धनगढीः

पछिल्लो समय सुदूरपश्चिमा दुध, मासु र अण्डाको उत्पादन बढ्दै गएको छ। उन्नत नश्लका गाई र भैंसीको व्यावसायिक पालन हुन थालेपछि प्रदेश दुध र मासुमा आत्मनिर्भर बन्दै गएको हो। प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिममा वार्षिक साढे दुई लाख मेट्रिकटन दुध र ३५ हजार ६ सय बढी मेट्रिकटन मासु उत्पादन हुने गरेको छ।

गत आर्थिक वषमा दुई लाख २८ हजार पाँच सय ३२ मेट्रिकटन दुध उत्पादन भएको थियो।। मन्त्रालयको तथ्याँक अनुसार प्रदेशमा गत आर्थिक वर्षमा गाईको एक लाख १३ हजार दुई सय ६९ मेट्रिकटन र भैँसीको एक लाख ३५ हजार दुई सय ६३ मेट्रिकटन दुध उत्पादन छ। गत वर्ष एक लाख ६० हजार तीन सय ३९ वटा गाई र एक लाख ६० हजार तीन सय चार वटा भैँसी किसानले पालेका थिए।

कैलालीमा सबैभन्दा बढी दुध उत्पादन भएको छ। जिल्लामा गत आर्थिक वर्षमा ८३ हजार ६ सय ४३ मेट्रिकटन दुध उत्पादन भएको छ। कैलालीका किसानले ३५ हजार ६ सय ६५ गाई र ५३ हजार ९ सय ५६ वटा भैँसी पालेका हुन्। त्यस्तै कञ्चनपुरमा ५८ हजार सात सय ८८ मेट्रिकटन, डडेल्धुरामा १३ हजार आठ सय ६५ मेट्रिकटन, बैतडीमा २३ हजार दुई सय २४ मेट्रिकटन दुध उत्पादन भएको छ।

यस्तै दार्चुलामा नौ हजार चार सय ७७ मेटिकटन, डोटीमा २३ हजार तीन सय ८५ मेटिकटन, अछाममा ११ हजार १० मेट्रिकटन, बझाङमा १३ हजार पाँच सय १२ मेट्रिकटन र बाजुरामा ११ हजार ६ सय २७ मेट्रिकटन दुध उत्पादन भएको छ। सुदूरपश्चिम प्रदेश दुधमा आत्मनिर्भर देखिएको प्रदेशको दाबी छ। सुदूरपश्चिमबाट दुध निर्यातसमेत हुने गरेको बताइएको छ।

प्रदेशमा एक वर्षमा ३५ हजार ६ सय २९ मेट्रिकटन मासु उत्पादन भएको छ। मन्त्रालयको तथ्याँकअनुसार प्रदेशमा राँगा, भैँसी, भेडा, बोका, खसी, बँगुर, कुखुरा र हाँसको गरेर उक्त परिणामको मासु उत्पादन भएको हो। गत वर्ष राँगा तथा भैँसीको २२ हजार दुई सय २२ मेट्रिकटन, भेडाको तीन सय ६० मेट्रिकटन, बोका तथा खसीको ८ हजार चार सय १७ मेट्रिकटन, बँगुरको एक हजार ११ मेट्रिकटन, कुखुराको तीन हजार छ सय तीन मेट्रिकटन र हाँसको १६ मेट्रिकटन मासु गत वर्ष उत्पादन भएको छ।

त्यस्तै अछाममा दुई हजार तीन सय ७२ मेट्रिकटन, बैतडीमा दुई हजार सात सय ६१ मेट्रिकटन, बझाङमा एक हजार छ सय तीन मेट्रिकटन, बाजुरामा दुई हजार तीन सय ६३ मेट्रिकटन, डडेल्धुरामा दुई हजार दुई सय आठ मेट्रिकटन, दार्चुलामा एक हजार चार सय ७५ मेट्रिकटन मासु उत्पादन भएको छ।

गत आर्थिक वर्षमा डोटीमा तीन हजार एक सय ७४ मेट्रिकटन, कैलालीमा ११ हजार एक सय १९ मेट्रिकटन र कञ्चनपुरमा आठ हजार पाँच सय ७२ मेट्रिकटन मासु उत्पादन भएको छ। एक लाख १२ हजार सात सय १० वटा भेडाबाट ६९ हजार चार सय ४१ किलोग्राम उन उत्पादन भएको तथ्यांक छ। साथै ५३ हजार एक सय २२ किलोग्राम अण्डा उत्पादन भएको छ।

कञ्चनपुरमा दुई हजार आठ सय ७५, कैलालीमा ३२ हजार एक सय २५, डोटीमा चार हजार ९६, दार्चुलामा एक हजार नौ किलोग्राम अण्डा उत्पादन भएको छ। यस्तै डडेल्धुरामा पाँच सय ३२, बाजुरामा दुई हजार तीन सय ३२, बझाङमा दुई हजार ३८, बैतडीमा चार हजार सात सय २६ र अछाममा तीन हजार तीन सय ८९ किलोग्राम अण्डा उत्पादन भएको तथ्यांकले देखाएको छ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.