लदैलीमा देउडा प्रतियोगीता २६ गते अर्थात भोली हुने

बैतडी:

बैतडीको पाटन नगरपालिका- १ लदैलीमा यही भाद्र २६ अर्थात भोली देउडा प्रतियोगीता हुने भएको छ ।

गौरा पर्वको अवसरमा यही २४ गते हुने प्रतियोगीता लगातारको बर्षाले स्थगीत गरिएको थियो ।

sanke

आयोजक सुदूपश्चिमेली भाषा, कला संस्कृति जोगाउ अभियानले सोमबार एक सूचना जारी गदै यही २६गते मंगलबार प्रतियोगीता आयोजना गरिने जनाएको छ ।

देउडाका लागि विभिन्न ठाउँबाट ९ जना देउडीयाहरुले नाम दर्ता गरेको अभियानका संयोजक विष्णु दत्त भट्टराईले बताए ।

देउडामा प्रथम, दित्तीय र त्तितृतलाई नगदसहित प्रमाण पत्र प्रदान गरिने छ। क्रमस प्रथम, दित्तीय र तेस्रो हुने देउडीयालाई रु. ५ हजार, ३ हजार, र २ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

दलैलीमा हरेक बर्ष भव्य गौरा पर्व हुने भएपनी औपाचारीक देउडा कार्यक्रम पहिलो पटक गरिन लागेको हो ।

Leave A Reply

Your email address will not be published.