ललित बाेहरा
बैतडी: बैतडीकाे भिरमा मोटरसाईक खसेर वडा सचिवको मुत्यु भएको छ ।
दार्चुलाको शैल्यशिखर नगरपालिका-२ का वडा सचिव खेमराज कपाडीकाे मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बैतडी जिल्ला दोगडाकेदार गाउपालिका-५ सल्सेनाको भिरमा आईतबारबाट वेपत्ता भएका कपाडीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख योगेश खत्रीले बताए ।
डडेल्धुरा एक कार्यालयको तालिममा जान हिडेका वडा सचिव कपाडी तालीममा सहभागी नभएपछि आईतबार राती ९ बजे मात्र प्रहरीलाई खोजि कार्यका खबर आएको उनले बताए ।
खोजी गर्दै जना से ४ प ७५ नम्बरको मोटरसाईकल सडक २ सय मिटर तल भिरमा र कपडीको शव १ सय मिटर तल भेटीएको प्रहरीले जनाएको छ ।
उनले भने, ‘हिजोबाट हराएका कर्मचारीको सव अहिले भिरमा मोटरसाईकल सहित भेटाएका छौ, मुचुलकाका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटिएको छ ।’
कपाडीको मोटरसाइकललाई ठुलो गाडीले ठक्कर दिएको आशंका गरिएको छ । घटनाका बिषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।