बैतडी:
बैतडीमा एक विद्यालयको भवन पहिरोको जोखिममा परेको छ । जिल्लाको पाटन नगरपालिका- ४ कुणी कल्तडीमा रहेको नबदुर्गा आधारभूत विद्यालयको दुई कोठे भवन पहिरोको जोखिममा परेको हो ।
अबिरल बर्षाका काराण विद्यालको सुरक्षाका लागि लगाइएको पर्खाल भत्कीएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टले जानकारी दिए । पर्खाल भत्कीएर विद्यालयको भवन जोखिममा परेपछि समस्या भएको उनले बताए ।
विद्यालयको पर्खाल भत्कीएर भवन जोखिममा परेकाले विद्यार्थी डराएर बस्न बाध्य छन् । कक्षा ८ सम्मको पढाइ हुने नबदुर्गा आधारभूत विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ ।
विद्यालय भवन पहिरोको जोखिममा परेकाले पर्खाल निर्माणका लागि सम्बन्धित निकायले ध्यान दिनु पर्ने अभिभावकहरुको माग छ ।