बैतडी:
बैतडीको खोडपे देउडा प्रतियोगिता सुरु भएको छ । जिल्लाको पाटन नगरपालिका- ८ खोडपेमा मंगलबारदेखि देउडा प्रतियोगिता भएको वडा अध्यक्ष हरिष बिष्टले बताए । २८ गतेसम्म चल्ने देउडा प्रतियोगितामा १० जना देउडिया कालाकारहरुले सहभागीता जनाएका छन् ।
स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित गौरा पर्वको अवसरमा २६ गतेदेखि २८ गतेसम्म देउडा प्रतियोगिताको आयोजना गीएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार १० हजार नगदसहित प्रमाणपत्र, द्वितिय पुरस्कार ७ हजार नगदसहित प्रमाणपत्र, तृतीय पुरस्कार ५ हजार नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार रु २ हजार नगदसहित प्रमाण प्रदान गरिने आयोजकले जनाएको छ ।
पाटन नगरपालिका- ८ को कार्यालय, खोडपे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना प्रतियोगिता आयोजक रहेका छन् ।