दार्चुलाबाट झण्डै ९ किलो चरेससहित बैतडीका दुईजना पक्राउ

ललित बाेहरा

बैतडी : दार्चुलामा झण्डै ९ किलो लागूऔषध चरेससहित बैतडीका दुई जना पक्राउ परेका छन् ।

मंगलबार जिल्लाको शैल्यशिखर नगरपालिका—९ नायलबाट एक महिला र पुरुष चरेससहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका—४ भटनाकी ३५ वर्षीया भावना धामी र सोही ठाउँका ४४ वर्षिय जयबहादुर धानुक रहेका छन् ।

भावनाले बोकेको कालो झोलाबाट ६ किलो र जय बहादुरले बोकेको झोलाबाट २ किलो ८ सय ५० ग्राम चरेससहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्चार्ज एवं प्रहरी निरीक्षक मानसिंह ऐरीको टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट झण्डै ९ किलोग्राम चरेस बरामद गरि पक्राउ गरिएको हो ।

दुवै जनालार्ई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले बताए । उनीहरुले सो चरेस बझाङबाट ल्याएर भारतको झुलाघाट लैजान लागेको बुझीएको छ ।

 

us dintal patan
Leave A Reply

Your email address will not be published.