बैतडी:
बैतडीको पाटन नगरपालिका- १ लदैली पनि देउडा प्रतियोगिता सुरु भएको छ । गौरा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता सुरु भएको वडा अध्यक्ष तर्कसिह ठगुन्नाले बताए ।
सुदूपश्चिमेली भाषा, कला संस्कृति जोगाउ अभियानको मंगलबार प्रतियोगिता विद्यालयको फिल्डमा सुरु भएको छ । देउडाका लागि विभिन्न ठाउँबाट ९ जना देउडीयाहरुले नाम दर्ता गरेको अभियानका संयोजक विष्णु दत्त भट्टराईले बताए ।
देउडामा प्रथम, दित्तीय र त्तितृतलाई नगदसहित प्रमाण पत्र प्रदान गरिने छ। क्रमस प्रथम, दित्तीय र तेस्रो हुने देउडीयालाई रु। ५ हजार, ३ हजार, र २ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।