लदौलीमा सम्पन्न देउडा प्रतियोगितामा चेतराज भट्टराई भए प्रथम

बैतडी: 

बैतडीको पाटन नगरपालिका-१ लदौली सम्पन्न देउडा प्रतियोगितामा देउडीया चेतराज भट्टराई प्रथम भएका छन् ।

sanke

गौरा पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिता दित्तिय देउडीया श्याम बाग, तित्तीय पशुपती पाण्डेय भएका छन् । प्रथम, दित्तीय र तित्तीय हुने देउडीयालाई क्रःमस ५ हजार, ३ हजार, २ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

सुदूपश्चिमेली भाषा, कला संस्कृति जोगाउ अभियानको मंगलबार प्रतियोगिता सम्पन्न गरेको छ । देउडाका लागि विभिन्न ठाउँबाट ९ जना देउडीयाहरुले सहभागीता जनाएको आयोजक अभियानका संयोजक विष्णु दत्त भट्टराईले बताए । उनले अगामी दिनमा पनि कार्यक्रमलाई निरन्तता दिने प्रयास गर्ने बताए ।

Leave A Reply

Your email address will not be published.