उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले दर्ता गराइन् उम्मेदवारी

काठमाडौं:

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएकी छिन्। शनिबार उनले उम्मेदवारी दर्ता गराएकी हुन्।

sanke

उनलाई उपराष्ट्रपतिको एम्मेदवार बनाउने भन्ने निर्णय एमालेको शनिबार बिहानको सचिवालय बैठकले गरेको थियो।

शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ छन्। त्यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यसोदा रिजाल छन्।

शाक्य एमालेको तर्फबाट २०६५ सालमा पनि उपराष्ट्रपतिको उम्मेदवार भएकी थिइन्। त्यतिबेला मतदानअघि नयाँ गठबन्धन बनेको थियो। परिणामतः उनी पराजित भएकी थिइन्।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!