डडेलधुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु

डडेलधुरा:

डडेलधुरामा अटो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्तर्गत जिल्लाको हगुल्टे लेकमा बुधबार साँझ अटो रिक्सा दुर्घटना हुँदा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशब महराको मृत्यु भएको हो।

sanke

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा सवार बिरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेलधुरा अस्पतालमा पुगाइएको प्रहरी निरीक्षक नायकले बताए।

अत्तरियाबाट डोटी जाने क्रममा अटो रिक्सा दुर्घटनामा परेको उनले बताए। २ जना मृत र १ जना घाइते भेटिए पनि अटो रिक्सा भने अझै फेला नपरेको नायकले जानकारी दिए। दुर्घटनाको कारण खुलेको छैन।

Leave A Reply

Your email address will not be published.