खोड्पेमा सञ्चालित देउडा प्रतियोगिता सकियो, भट्ट भए प्रथम

बैतडी:

बैतडीको खोड्पेमा देउडा प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाकाे पाटन नगरपालिका-८ को कार्यालय, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोडपे खानेपानी तथा सरसफाई उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजना सञ्चालित प्रतियोगिता बिहीवार सम्पन्न भएको हो ।

देउडा प्रतियोगितामा प्रथम दशरथचन्द नगरपालिकाका-१ श्रीखण्ड घर भएका केशब दत्त भट्ट भएका छन् । यस्तै उत्कृष्ट द्धितिय केशब विष्ट, द्धितिय गोदावरी पाण्डेय, तृतिय पशुपती पाण्डेय र श्याम बाग भएका आयोजक समितिका सदस्य मोहन विष्टले बताए ।

suv

प्रथमलाई १० हजार,उत्कृष्ट द्धितियलाई ७ हजार १ सय, द्धितियलाई ७ हजार , तृययलाई ५÷५ हजार र शान्तोवना स्थान हाशिल गर्ने भान सिंह भाटलाई २ हजार प्रदान गरिएको वडा अध्क्षय हरिष बिप्टले बताए। देउडियाहरुलाई नगद सहित प्रमाणपत्र प्रदान गरिएको हो ।

स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण र प्रबर्द्धन गर्ने उद्देश्यसहित गौरा पर्वको अवसरमा यहि २६ गते देखि सुरु भएको देउडा प्रतियोगितामा १८ देउडियाहरुको सहभागिता रहेको थियो । खोड्पेमा प्रत्येक वर्ष गौरा पर्वको अवसरमा देउडा प्रतियोगिता आयोजना गरिदै आएको छ ।

उत्कृष्ट द्धितिय केशब विष्ट र तृतिय पशुपती पाण्डेयले मुल्याङकन राम्रो नभएको भन्दै आफ्नो पुरुस्कार नगद तथा प्रमाण प्रत्र ग्रहण गरेनन् ।

 

 

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.