डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ

डोटी :

डोटीमा घुससहित सहायक वन अधिकृत पक्राउ परेका छन् । नगद ५ हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएका हुन् ।

जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी बनाइदिने भन्दै घुस मागेपछि स्थानीय सामुदायिक वनका उपभोक्ताहरूले सहायक वन अधिकृत गिरिलाई रंगेहात नियन्त्रणमा लिएका हुन् । उनलाई इलाका प्रहरी कार्यालय बुडरमा बुझाइसकिएको छ ।

आबादी जमिनको दाउराका लागि छुट पुर्जी दिन घुस माग्न थालेपछि भ्रष्ट वन अधिकृतलाइ प्रमाणसहित पक्राउ गरिएको स्थानीयले बताएका छन् ।

इलाका प्रहरी कार्यालय बुडरका सई हरिभानसिंह साउँदले वन अधिकृत गिरीसहित दुवै पक्षसँग प्रहरी कार्यालयमा छलफल भइरहेको बताए । सुरुमा सहायक बन अधिकृत गिरीले छुट पुर्जीका लागि १० हजार नगद मागेको भण्डारीको आरोप छ ।

DS ADD
kantipur
Leave A Reply

Your email address will not be published.