बैतडीमा संविधान दिवसको अवसरमा खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता हुने

बैतडी :

बैतडीमा संविधान दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्वय तथा सहजीकरणमा असोज १ गते देखि ३ गते सम्म खुला डबल ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रथम हुने जोडीलाई १५ हजार,द्वितीय हुनेलाई १० र तृतीय हुनेलाई पाँच हजार पुरस्कार प्रदान गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन चाहनेले भदौ ३१ गते बेलुका ५ बजेसम्म टोली दर्ता गराउनसक्ने जनाइएको छ । टिम दर्ता शुल्क एकहजार राखिएको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

प्रतियोगिता अन्र्तगतका खेलहरु जिल्ला प्रशासन कार्यालयमा रहेको जगन्नाथ ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने चन्दले बताए ।

us dintal patan
ds new
Leave A Reply

Your email address will not be published.