डडेल्धुरामा चरेससहित पक्राउ परेका बोहरा प्रहरीद्वारा सार्वजनिक

डडेल्धुराः

डडेल्धुरामा प्रहरीले चरेससहित पक्राउ गरेको व्यक्तिलाई सार्वजनिक गरेको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा पत्रकार सम्मेलन गर्दै प्रहरीले चरेससहित पक्राउ परेका बझाङको बुंगल नगरपालिका–११ का ३५ वर्षीय धनबहादुर बोहरालाई सार्वजनिक गरेको हो।

अमरगढी नगरपालिका–८ रातो गुँरास रिसोर्ट नजिक सडकखण्डमा हिँडिरहेको अवस्थामा बोहरालाई चेकजाँच गर्दा लुकाइछिपाइ लैजादै गरेको अवस्थामा पक्राउ गरेको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दिपककुमार कार्कीले जानकारी दिए।

बोहराको साथबाट ३.८०४ किलो चरेससहित एक थान मोबाइल, २३ जार ५ सय ३० नेपाली रुपैयाँ समेत फेला परेको डीएसपी कार्कीले जानकारी दिए।

उनकाअनुसार ५ दिन म्याद थप गरेर उनीमाथि थप अनुसन्धान भइरहेको छ।

ds new
us dintal patan
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!